नेपालमा लगानी गर्न जापानी उद्योगीलाई चेम्बरको आग्रह

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानीका लागि जापानी उद्योगी व्यवसायीसँग आग्रह गरेको छ ।

नेपाल भ्रमणमा रहेको इन्टरनेशनल कोअपरेशन अर्गनाइजेनस फर स्मल एण्ड मिडियम इन्टरप्राइजेज इन एसिया (आइकोसा)को प्रतिनिधीसँग मंगलबार भएको छलफलमा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले जापानी लगानी एवं व्यापारिक साझेदारीका लागि प्रस्ताव गरेका हुन् ।

अध्यक्ष मल्लले नेपालमा जलविद्युत्, पर्यटन, औद्योगिक एवं इलेक्ट्रिक क्षेत्रमा लगानीका लागि आग्रह गरे । ‘नेपाल र जापानबीच आर्थिक र कूटनीतिक तवरले उच्चस्तरीय सम्बन्ध छ, लगानीका लागि नेपाल उत्कृष्ट गन्तव्य हो, जलविद्युत्, पर्यटन, उद्योगलगायत क्षेत्रमा लगानी गर्न आग्रह गर्दछु,’ उनले भने।

भेटमा आइकोसाका अध्यक्ष कुरोसे नावुहिरोले नेपालमा लगानीका सम्भावित क्षेत्रबारे चासो राखेका थिए । उनले कोभिड-१९ पछि विश्वव्यापी रुपमा साना तथा मझौला उद्योग सबैभन्दा बढी प्रभावित भएको उनले बताए।

अध्यक्ष नावुहिरोले नेपालमा जलविद्युत्, पर्यटनलगायत अन्य सम्भावित क्षेत्रमा संयुक्त लगानीका लागि चेम्बरसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

माछापुच्छ्रे बैंकको पोस मेसिनमा अब ध्वनिबाट सूचना पाइने Read Previous

माछापुच्छ्रे बैंकको पोस मेसिनमा अब ध्वनिबाट सूचना पाइने

नेप्सेको प्रणालीमा समस्या, सेयर कारोबार सुरू हुन सकेन Read Next

नेप्सेको प्रणालीमा समस्या, सेयर कारोबार सुरू हुन सकेन