माछापुच्छ्रे बैंकको पोस मेसिनमा अब ध्वनिबाट सूचना पाइने

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले पाेस (पीओएस)मेसिनमा इन्स्ट्यान्ट पेमेन्ट नोटिफिकेशन प्रविधिको शुभारम्भ गरेको छ।

बैंकले फिनपोस ब्रान्डको मेसिनमा रिसिप्टसँगै ध्वनि (साउन्ड)बाट पनि भुक्तानीको सूचना दिने प्रविधि सुरु गरेको हो । यो प्रविधि प्रयोगमा ल्याउने माछापुच्छ्रे बैंक नेपालमै पहिलो बैंक भएको छ ।

यससँगै फिनपोसका मर्चेन्टले कार्ड, क्यूआर (नेपाल पे वा फोनपे) र एम स्मार्ट एनएफसीमार्फत भुक्तानी प्राप्त गर्दा कारोबार सफल भएको जानकारी ध्वनिबाट पनि पाउने बैंकले जनाएको छ ।

यस सुविधाबाट माछापुच्छ्रे बैंकका हजारभन्दा बढी फिनपस राख्ने मर्चेन्ट प्रत्यक्ष लाभान्वित हुनेछन्। साथै अन्य कुनै मर्चेन्टलाई यो प्रविधि चाहिएको खण्डमा बैंकको ग्राहक सेवा केन्द्रमा सम्पर्क राखी सेवा सजिलै जडान गर्न सक्नेछन्।

बैंकले १६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, १३० शाखारहित बैंकिङ सेवा, २०३ एटीएममार्फत १५ लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको छ।

हेलचक्र्याइँ गर्ने ८८ कम्पनी धिताेपत्र बाेर्डकाे कारबाहीमा, सबैभन्दा धेरै हाइड्रोपावर (सूचीसहित) Read Previous

हेलचक्र्याइँ गर्ने ८८ कम्पनी धिताेपत्र बाेर्डकाे कारबाहीमा, सबैभन्दा धेरै हाइड्रोपावर (सूचीसहित)

नेपालमा लगानी गर्न जापानी उद्योगीलाई चेम्बरको आग्रह Read Next

नेपालमा लगानी गर्न जापानी उद्योगीलाई चेम्बरको आग्रह