हेलचक्र्याइँ गर्ने ८८ कम्पनी धिताेपत्र बाेर्डकाे कारबाहीमा, सबैभन्दा धेरै हाइड्रोपावर (सूचीसहित)

काठमाडौं । नेपाल धितोपत्र बोर्डले एकैपटक नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत ८९ कम्पनीलाई कारबाही गरेको छ ।

बोर्डले गत आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासको वित्तीय विवरण ढिलो बुझाउने ६९ र विवरण नबुझाउने १९ गरी कुल ८८ कम्पनीलाई कारबाही गरेको हो । बोर्डले एकैपटक यति धरै कम्पनीलाई कारबाही गरेको यो पहिलो पटक हो ।

बोर्ड संचालक समितिको गत कात्तिक २० गतेको निर्णय अनुसार ती कम्पनीलाई कारबाही गरिएको बोर्डले जनाएको छ । बोर्डले ८८ कम्पनीलाई ५३ लाख ५० हजार रुपैयाँ जरिवाना समेत तिराएको छ । ढिलो विवरण बुझाउने कम्पनीलाई ५० हजार रुपैयाँ र विवरण नबुझाउनेलाई १ लाख रुपैयाँ दरले जरिवाना तिराएको हो ।

बोर्डका अनुसार कारबाहीमा पर्नेमा ४ वटा विकास बैंक, ३ वटा होटल तथा पर्यटन, ३९ वटा हाइड्रोपावर, २४ लघुवित्त, ४ उत्पादनमूलक, ३ लगानी, ५ निर्जीवन बीमा, २ फाइनान्स, २ जीवन बीमा, एक व्यापार र एक अन्य समूहका कम्पनी रहेका छन् ।

धितोपत्र नियमावली अनुसार सूचीकृत कम्पनीले हरेक त्रैमास सकिएको १ महिना भित्र वित्तीय विवरण राष्ट्रिय स्तरको दैनिक पत्रिकामा सार्वजनिक गरिसक्नुपर्ने व्यवस्था छ । साथै, सो विवरण बोर्ड समक्ष पेस गर्नु पर्ने व्यवस्था छ ।

बोर्डलाई उपलब्ध गराउनु पर्ने विवरण समयमै उपलब्ध गराउन नसक्ने भए त्यसको जानकारी बोर्डलाई अग्रिम गराउनु पर्ने समेत नियमावलीमा उल्लेख छ।

त्यस्तै, धितोपत्र सम्बन्धी ऐनको दफा १०१ मा समयमा वित्तीय विवरण पशे नगर्ने र ऐन अन्तरगत बनेको नियम र विनियम कार्यन्वयन नगर्नेलाई ५० हजार देखि १ लाखसम्म कारबाही गर्नसक्ने व्यवस्था गरेको छ ।

 

मंसिर २७ देखि काठमाडौंमा सुर्तीजन्य पदार्थ बिक्री गर्न नपाइने Read Previous

मंसिर २७ देखि काठमाडौंमा सुर्तीजन्य पदार्थ बिक्री गर्न नपाइने

माछापुच्छ्रे बैंकको पोस मेसिनमा अब ध्वनिबाट सूचना पाइने Read Next

माछापुच्छ्रे बैंकको पोस मेसिनमा अब ध्वनिबाट सूचना पाइने