नेप्सेको प्रणालीमा समस्या, सेयर कारोबार सुरू हुन सकेन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को अनलाइन कारोबार प्रणाली (टीएमएस)का प्राविधिक समस्या आएको छ ।

नेप्सेले एक सूचना जारी गर्दै कारोबार प्रणालीमा समस्या आएको जानकारी गराएको हो । प्राविधिक समस्याका कारण आज प्रिसेसनमा कारोबार हुन नसकेको र नियमित सेसनमा समेत ढिलाइ भइरहेको जनाएको छ ।

नियमित सेसनमा ११ बजेदेखि कारोबार सुरु हुनुपर्नेको झन्डै आधा घण्टा बित्दा पनि अझै कारोबार सुरु हुन सुकेको छैन ।

समस्याका समाधानका लागि प्राविधिकहरु खटिरहेको र यथासम्भव चाँडै कारोबार सुरु हुने नेप्सेले जनाएको छ । यसअघि पनि नेप्सेको अनलाइन प्रणालीमा समस्या आउँदा पटक पटक कारोबार रोकिएको छ ।

नेपालमा लगानी गर्न जापानी उद्योगीलाई चेम्बरको आग्रह Read Previous

नेपालमा लगानी गर्न जापानी उद्योगीलाई चेम्बरको आग्रह

सुनको मूल्य तोलमै १६०० रुपैयाँ बढ्यो, फेरि बनायो नयाँ रेकर्ड Read Next

सुनको मूल्य तोलमै १६०० रुपैयाँ बढ्यो, फेरि बनायो नयाँ रेकर्ड