सुनको मूल्य तोलमै १६०० रुपैयाँ बढ्यो, फेरि बनायो नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले दिनदिनै नयाँ रेकर्ड बनाउन थालेको छ । यससाता सोमबारदेखि सुनको मूल्यले दैनिक नयाँ रेकर्ड बनाएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ प्रतितोला १ हजार ६०० रुपैयाँले बढेर १ लाख १९ हजार ३०० रुपैयाँ पुगेको छ ।

यो नेपाली बजारमा अहिलेसम्मकै महँगो हो । यसअघि मंगलबार (हिजो) १ लाख १७ हजार ७०० रुपैयाँ पुगेको थियो ।

महासंघका अनुसार आज तेजावी सुनको भाउ पनि प्रतितोला ३०० रुपैयाँ बढेर १ लाख १८ हजार ७५० रुपैयाँ पुगेको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेसँगै नेपाली बजारमा पनि आकाशिएको हो । आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २ हजार ०४३.७० अमेरिकी डलरमा कारोबार भइरहेको छ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला २० रुपैयाँ बढेर १ हजार ५२० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेप्सेको प्रणालीमा समस्या, सेयर कारोबार सुरू हुन सकेन Read Previous

नेप्सेको प्रणालीमा समस्या, सेयर कारोबार सुरू हुन सकेन

टिकटक बन्द गरे/नगरेको २४ घण्टा भित्र जवाफ दिन इन्टरनेट प्रदायकलाई निर्देशन Read Next

टिकटक बन्द गरे/नगरेको २४ घण्टा भित्र जवाफ दिन इन्टरनेट प्रदायकलाई निर्देशन