सुरक्षा कोषमा धेरै संख्यामा योगदानकर्ता आबद्ध गराउने सिप्रदी ट्रेडिङ सम्मनित

काठमाडौं । सिप्रदी ट्रेडिङ प्रालि छैटौं सामाजिक सुरक्षा दिवसको अवसरमा सम्मनित भएको छ ।

कोषमा थोक तथा खुद्रा बिक्री क्षेत्रबाट सूचीकृत हुने रोजगारदातामध्ये गत आर्थिक वर्ष २०७९/८० मा धेरै संख्यामा योगदानकर्ता सहभागी गराएकोमा सिप्रदी सम्मानित भएको हो ।

योगदानमा आधारित सामाजिक सुरक्षा कोषको सुरुआत भएको ५ वर्ष पुगेको अवसरमा सिप्रदीलाई सम्मानित गरिएको हो । प्रधानमन्त्री पुष्पकमल दाहालले सिप्रदी ट्रेडीङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठलाई सम्मानपत्र हस्तान्तरण गरेका थिए ।

सिप्रदी ट्रेडिङले अटोमेटिभ, इनर्जी, लुब्रीकेन्ट, वित्तीय सेवाहरु तथा इक्यूपमेन्ट व्यवसाय गर्दै आएको छ । साथै एक्साइड ब्याट्रीज, म्याक लुब्रिकेन्ट्स र मिसेलिन टायर लगायत पनि बिक्री वितरण गर्दै आएको छ ।

सीजी मोटर्सले एकैपटक खोल्यो ३ नयाँ शोरुम Read Previous

सीजी मोटर्सले एकैपटक खोल्यो ३ नयाँ शोरुम

सुनको मूल्यले फेरि बनायो नयाँ रेकर्ड Read Next

सुनको मूल्यले फेरि बनायो नयाँ रेकर्ड