सुनको मूल्यले फेरि बनायो नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले दिनदिनै नयाँ रेकर्ड बनाउन थालेको छ । हिजो मात्रै इतिहासकै महँगोको रेकर्ड बनाएको सुनको मूल्यले आज फेरि नयाँ रेकर्ड बनाएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ प्रतितोला ३०० रुपैयाँले बढेर १ लाख १७ हजार ७०० रुपैयाँ पुगेको छ । यो नेपाली बजारमा अहिलेसम्मकै महँगो हो । यसअघि सोमाबार १ लाख १७ हजार ४०० रुपैयाँ पुगेको थियो ।

महासंघका अनुसार आज तेजावी सुनको भाउ पनि प्रतितोला ३०० रुपैयाँ बढेर १ लाख १७ हजार १५० रुपैयाँ पुगेको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेसँगै नेपाली बजारमा पनि आकाशिएको हो । चाडवाडको सिजन सकिए पनि विहेको सिजनका कारण बजारमा सुनको माग बढेको व्यवसायीहरू बताउँछन् । आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २ हजार ०१४.८० अमेरिकी डलरमा कारोबार भइरहेको छ।

त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आजका लागि चाँदीको भाउ प्रतितोला १ हजार ५०० रुपैयाँ तोकिएको छ ।

सुरक्षा कोषमा धेरै संख्यामा योगदानकर्ता आबद्ध गराउने सिप्रदी ट्रेडिङ सम्मनित Read Previous

सुरक्षा कोषमा धेरै संख्यामा योगदानकर्ता आबद्ध गराउने सिप्रदी ट्रेडिङ सम्मनित

जलवायु परिवर्तनले विश्व अर्थतन्त्रमा खर्बौं डलरको नोक्सानी, जीडीपी ६.३ प्रतिशत घटायो Read Next

जलवायु परिवर्तनले विश्व अर्थतन्त्रमा खर्बौं डलरको नोक्सानी, जीडीपी ६.३ प्रतिशत घटायो