सीजी मोटर्सले एकैपटक खोल्यो ३ नयाँ शोरुम

काठमाडौं । सीजी मोटर्सले एकैपटक तीन नयाँ शोरुम संचालनमा ल्याएको छ । ग्राहको सुविधालाई मध्येनजर गर्दै कम्पनीले बिर्तामोड, वीरगञ्ज र धनगढीको नयाँ शोरुम विस्तार गरेको हो ।

कम्पनीका अनुसार बिर्तामोडमामा फोटेक्स डिस्ट्रिब्यूटर, वीरगञ्जमा मिनोल्टा इन्भेष्टमेन्ट र धनगढीमा ब्रम्हा मोटर्सले डिलरशिप लिएर शोरुम संचालनमा ल्याएका हुन् ।

शोरुमका साथै ग्राहकहरुको सुविधाका लागि तीनैवटा स्थानहरुमा सर्भिस स्टेशन पनि चाँडै संचालनमा ल्याइने कम्पनीले जनाएको हो ।

सीजीले यसअघि काठमाडौंको नक्साल र पोखरा शोरुमबाट सवारीसाधन बिक्री गर्दै आएको छ । चाँडै विराटनगर, लाहान, हेटौंडा, भक्तपुर, चितवन, बुटवल, कोहलपुरमा नयाँ शोरुम संचालनमा ल्याउने सीजी मोटर्सले जनाएको छ ।

सीजी मोटर्स नेटा भी ईभी कार, ११ सिटर सीजी केवाइसी भ्यान, १४ र १९ सिटर किङ्लोङ भ्यानको नेपालका लागि आधिकारिक बिक्रेता हो ।

कम्पनीले बिक्री गर्ने नेटा भी हाल ईभी पारखीहरुमाझ लोकप्रिय रहेको छ । मुख्यतया यसको मूल्य र यसले दिने ३८० किलोमिटरको रेन्जका कारण ग्राहकको पहिलो रोजाइमा पर्न सफल भएको कम्पनीको भनाइ छ ।

१७० मिलिमिटरको ग्रोउन्ड किलिरेनश भएको नेटा भीमा ८ वर्ष अथवा १ लाख ५० हजार हजार किमीको वारेण्टी छ।

यस्तै, सीजीले बिक्री गर्ने सीजि केवाइसी र किङ्लोङ भ्यान पनि सहज किस्ताबन्दीमा पाउन सकिने कम्पनीले जनाएको छ ।

कम्पनीले हाल नेपालभर ५० भन्दा बढी स्थानमा चार्जिङ सेवा उपलब्ध गराउँदै आएको छ भने थप ५० ठाउँमा विस्तार गर्ने जनाएको छ ।

भूकम्प प्रभावितलाई चाँडाे अनुदान रकम उपलब्ध गराउन कार्यविधि संशोधन Read Previous

भूकम्प प्रभावितलाई चाँडाे अनुदान रकम उपलब्ध गराउन कार्यविधि संशोधन

सुरक्षा कोषमा धेरै संख्यामा योगदानकर्ता आबद्ध गराउने सिप्रदी ट्रेडिङ सम्मनित Read Next

सुरक्षा कोषमा धेरै संख्यामा योगदानकर्ता आबद्ध गराउने सिप्रदी ट्रेडिङ सम्मनित