फोटोनको १५ सिटे ईभी भ्यान नेपालमा सार्वजनिक हुँदै

काठमाडौं । नेपाली बजारमा ‘फोटोन हाइ रुफ १४र १५ सिटे ईभी भ्यान’ सार्वजनिक हुने भएको छ । फोटोनको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि कमर्सियल भेहिकलले नेपालमा उक्त भ्यान बिक्री सुरु गर्ने भएको हो ।

थाइल्याण्ड, जर्मनी, सिंगापुर, अस्ट्रेलिया लगायत मुलुकमा सफल ईभी भ्यान नेपालमा पनि चाँडै उपलब्ध हुने भएको हो । उक्त गाडीको मूल्य र स्पेसिफिकेसन चाँडै सावजनिक गरिने कम्पनीले जनाएको छ ।

उच्च कार्यक्षमता र आरामदायी यात्राको ग्यारेण्टी गर्ने यो भ्यान सुरक्षाको दृस्टीकोण पनि सर्वोत्कृष्ट रहेको कम्पनीले जनाएको छ।

फोटोन पछिल्लो समय नेपालमा पिकअप, इलेक्ट्रीक लो रूफ भ्यान, इलेक्ट्रीक मिनी ट्रक, एम्बुलेन्स सेग्मेंटमा अत्यन्त लोकप्रिय हुँदै गइरहेको छ । आकर्षक लुक्स र पर्फमेन्सका कारण फोटोन नेपाली बजारमा लोकप्रिय हुन सफल भएको छ।

नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै महँगो, प्रतितोला कति पुग्यो ? Read Previous

नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै महँगो, प्रतितोला कति पुग्यो ?

सर्वोत्तम सिमेन्टको 'कटअफ’ मूल्य ४०१ रुपैयाँ, अब सर्वसाधरणले कतिमा पाउँछन् ? Read Next

सर्वोत्तम सिमेन्टको 'कटअफ’ मूल्य ४०१ रुपैयाँ, अब सर्वसाधरणले कतिमा पाउँछन् ?