नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै महँगो, प्रतितोला कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै महँगो बनेको छ । सोमबार छापावाल सुनको भाउ प्रतितोला ५०० रुपैयाँले बढेर १ लाख १७ हजार ३०० रुपैयाँ पुग्दै नयाँ रेकर्ड बनाएको हो ।

यो नेपाली बजारमा हालसम्मकै उच्च हो । यसअघि गत कात्तिक १२ गते सर्वाधिक प्रतितोला १ लाख १७ हजार रुपैयाँ पुगेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तेजावी सुनको भाउ प्रतितोला १ लाख १६ हजार ८५० रुपैयाँ पुगेको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेसँगै नेपाली बजारमा पनि आकाशिएको हो । चाडवाडको सिजन सकिए पनि विहेको सिजनका कारण बजारमा सुनको माग बढेको व्यवसायीहरु बताउँछन् । आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २ हजार ०१२.९९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

त्यस्तै, आज चाँदीको भाउ पनि प्रतितोला १५ रुपैयाँले बढेर १ हजार ५०० रुपैयाँ पुगेको छ ।

पूर्वीनाकाबाट निर्यातभन्दा ५ गुणा धेरै तरकारी आयात, गोलभेँडा मात्रै १९ करोडको Read Previous

पूर्वीनाकाबाट निर्यातभन्दा ५ गुणा धेरै तरकारी आयात, गोलभेँडा मात्रै १९ करोडको

फोटोनको १५ सिटे ईभी भ्यान नेपालमा सार्वजनिक हुँदै Read Next

फोटोनको १५ सिटे ईभी भ्यान नेपालमा सार्वजनिक हुँदै