आइएमई जनरल इन्स्योरेन्सको नायव प्रमुख कार्यकारीमा शरण रेग्मी नियुक्त

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सको नायव प्रमुख कार्यकारी अधिकृतमा शरण रेग्मी नियुक्त भएका छन् । इन्स्योरेन्सको संचालक समितिले कम्पनीमा नायव महाप्रन्धक पदमा कार्यरत उनलाई मंसिर १० गतेदेखि लागू हुनेगरी सो पदमा नियुक्त गरेको हो ।

 

बीमा तथा वित्त क्षेत्रलाई नजिकबाट नियालेका रेग्मीले उक्त क्षेत्रको सूक्ष्म अध्ययन गरी सहायक स्तरबाट आफनो सेवा शुरु गरी विभिन्न पद र विभागमा काम गर्दै आएका छन् । उनीसँग विगत २७ वर्षदेखि निर्जीवन बीमा तथा वित्त क्षेत्रमा कार्यरत रेग्मीसँग विभिन्न संस्थामा काम गरेको लामो अनुभव छ ।

 

उनीसँग तत्कालिन एनआईडिसी क्यापिटल (हाल सनराईज क्याटिल) मा २ वर्ष, युनाईटेड इन्स्योरेनस (नेपाल)मा ७ वर्ष, सगरमाथा इन्स्योरेन्समा ८ वर्ष, सिद्धार्थ डेभलपमेण्ट बैंकमा ६ वर्ष र आइएमई जनरलमा ४ वर्ष काम गरेको अनुभव रहेको छ ।

सेयर बजारमा हरियाली छाउँदा ११६ कम्पनीको मूल्य बढ्यो Read Previous

सेयर बजारमा हरियाली छाउँदा ११६ कम्पनीको मूल्य बढ्यो

भिर कटान गर्न नसक्दा मध्यपहाडी लोकमार्ग निर्माणमा समस्या Read Next

भिर कटान गर्न नसक्दा मध्यपहाडी लोकमार्ग निर्माणमा समस्या