काठमाडौं । पछिल्लो समय लगातार ओरालो लागेको सेयर बजारमा आज हरियाली छाएको छ । बजार ८ अंकभन्दा धेरैले बढ्दा कारोबार रकममा भने ८ करोडको गिरावट आएको छ ।
आज कारोबार भएका अधिकांश कम्पनीहरुको सेयर मूल्य बढेका छन् । कारोबार भएका १६५ कम्पनीमध्ये ११६ वटाको सेयर मूल्य बढेको छ भने २२ वटा कम्पनीको मूल्य घटेको छ । २७ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
सेयर बजार मापक सूचक नेप्से ८.३० अंकले बढेर १११७.४६ विन्दुमा पुगेको छ । आज १६५ कम्पनीको २१ करोड २३ लाख ६३ हजार ७३६ रुपैयाँ बराबरको कारोबार भएको छ । ७ लाख ३८ जार ४४६ कित्ता सेयर किन बेच भएका छन् ।
कारोबार भएका १२ वटा समूहमध्येमा व्यापार समूहबाहेका अन्य सबै समूहको सूचक बढेका छन् । आज व्यापार समूहको सूचक सबैभन्दा धेरै २६.१३ अंकले घटेको छ भने जीवन बीमा समूहको सूचक सबैभन्दा धेरै ६०.१८ अंकले बढेको छ ।
कारोबार रकमको आधारमा एनएमबी बैंकको सेयर शीर्ष स्थानमा रह्यो । यसको २ करोड ७५ लाख १९ हजार ३९२ रुपैयाँको कारोबार भएको छ ।
आज रिडि हाइड्रो र गोर्खाज फाइनान्सको सेयर मूल्य सबैभन्दा धेरै करिब १० प्रतिशतले बढेको छ भने साल्ट्र ट्रेडिङ कर्पोरेशनको सेयर मूल्य सबैभन्दा धेरै ६.९२ प्रतिशतले घटेको छ ।