भिर कटान गर्न नसक्दा मध्यपहाडी लोकमार्ग निर्माणमा समस्या

जाजरकोट । मध्यपहाडी लोकमार्गको जाजरकोट खण्ड निर्माण सुरु भएको नौ वर्ष बिते पनि झार्पा र कार्कीगाउँ बीचमा रहेको मन्ता भिरखण्डको बाटो निर्माण हुन नसक्दा समस्य हुँदै आएको छ ।

 

कुदुदेखि सुयाडासम्मको ८७ किमि सडकसमेत खुलिसकेको छ तर भन्ताभिरको ५ सय मिटर चट्टानका कारण नौ वर्षदेखि सडकको काम अलपत्र परेको हो । गत वर्षदेखि जाजरकोट खण्डको ३५ किमि सडकको स्तरोन्नतिको काम सुरु भएको छ । अन्य स्थानमा यातायातका साधन सञ्चालन भइरहेका छन् ।

 

मन्ता र कालढुङ्गा भिरका कारण जाजरकोट खण्डको पूरै ट्र्याक खुल्न नसकेको हो । एकैसाथ निर्माण सुरु भएको रुकुम र दैलेख खण्डमा भने दुई वर्षअघि नै स्तरोन्नतिको काम सुरु भएको थियो ।

 

अहिले दुवै जिल्लामा स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको छ । जाजरकोट खण्डमा भेरी नदी र थलहजारमा पुल बन्न नसक्दा सडक निर्माणले गति लिन नसकेको हो । मन्ताभिरमा काम गर्न छोडेको सात वर्ष बितिसकेको छ ।

 

मन्ताभिर खण्डको निर्माणको जिम्मा लिएको दिव्यज्योति निर्माण सेवाले कडा चट्टान भएको भन्दै सडक निर्माणको काम अलपत्र पारेको हो ।मध्यपहाडी (पुष्पलाल) लोकमार्ग योजना कार्यालय, दैलेखका प्रमुख नारायणप्रसाद निउरेकाअनुसार ठेक्का लागेको नौ वर्षसम्म पनि भिर फुटाउने काम सम्पन्न हुन सकेको छैन ।

 

“मन्ताभिरको ५०० मिटर कडा चट्टान फोड्ने काम नहुँदा उक्त स्थान जटिल बन्यो । मन्ताभिर काट्न तयार नभएपछि ठेकेदारलाई पेनाल्टीसमेत लगाएर कारबाही गरियो”, “मन्ताभिरको ५०० मिटर कडा चट्टान फोड्ने काम नहुँदा उक्त स्थान जटिल बन्यो ।

 

मन्ताभिर काट्न तयार नभएपछि ठेकेदारलाई ‘पेनाल्टी’समेत लगाएर कारवाही गरियो”, उनले भने, “तर अझै पनि उक्त भिर कसरी फोड्ने भन्नेबारे अन्योल छ ।” उनले चालू आवभित्र भिर फोड्ने काम सकिने आशा व्यक्त गरे ।

 

चालू आवमा लोकमार्गको कार्की गाउँबाट दशेरा हुँदै सुयाँडासम्मका लागि स्तरोन्नतिको ठेक्का टेण्डर कार्यालयले जनाएको छ । कार्यालयका अनुसार साढे २ अर्ब रुपैयाँको लगानीमा स्तरोन्नतिका लागि बहुवर्षीय ठेक्का भएको हो ।

 

बोलपत्रको प्राविधिक कामको मूल्याङ्कन भइरहेको योजना प्रमुख निउरेले जानकारी दिए । उनले उक्त बोलपत्रबाट मन्ताभिरको समस्या समाधान हुने बताए । थलहबजारको पुल निर्माणको काम पनि चालू आवमै सकिने उनको दाबी छ ।

 

उता पश्चिम रुकुमको चौरजहारी र जाजरकोटको कुदु जोड्न भेरी नदीमा पुल निर्माणको काम सुरु भएको सात वर्ष बिते पनि अझै पूरा हुन सकेको छैन । पुलको जगसमेत पूरा हुन नसकेको स्थानीयको भनाइ छ ।

 

स्थानीयका अनुसार निर्माण सुरु भएको तीन वर्षमा सम्पन्न हुनुपर्ने पुलको पिलर काम पनि काम हुन नसकेको हो । पुल निर्माणका लागि वाइपी कन्स्ट्रक्सन प्रालि, ललितपुरले २०६९ सालमा ठेक्का सम्झौता गरेको थियो ।

 

“स्तरोन्नतिपछि सडकमा सात मिटर पिचसहित नौ मिटर चौडाइको लोकमार्ग बन्नेछ”, निउरेले भने, “तीन वर्षभित्र सडक स्तरोन्नतिको काम पूरा गर्ने लक्ष्य छ ।” यो ठेक्का खोल्नु नै जाजरकोटको लागि छलाङ भएको उनले दाबी गरे ।

 

पाँचथरको चियोभञ्ज्याङदेखि बैतडीको झुलाघाट पुग्ने १ हजार ६६५ किमिको लोकमार्गको जाजरकोट खण्डले दुई नगरपालिकालाई मात्र छोएको छ ।रासस

आइएमई जनरल इन्स्योरेन्सको नायव प्रमुख कार्यकारीमा शरण रेग्मी नियुक्त Read Previous

आइएमई जनरल इन्स्योरेन्सको नायव प्रमुख कार्यकारीमा शरण रेग्मी नियुक्त

सेयर बजार सुधारको लागि धितोपत्र बोर्डका यस्ता छन् ८ योजना Read Next

सेयर बजार सुधारको लागि धितोपत्र बोर्डका यस्ता छन् ८ योजना