फूडमाण्डुले मनायो १३ औं वार्षिकोत्सव

काठमाडौं । नेपालको पहिलो र सबैभन्दा लोकप्रिय फूड डेलिभरी कम्पनी फूडमाण्डुले आफ्नो सेवा प्रदान गरेको १३औं वर्ष पूरा गरेको छ ।

आजसम्म आइपुग्दा फूडमाण्डुको लोकप्रियता दिनानुदिन बढिरहेको छ र अनलाइन फूड अर्डर गर्न चाहने जो कोहीको लागि पहिलो रोजाई हुन सफल भएको कम्पनीले बताएको छ ।

फूडमाण्डुका संस्थापक तथा म्यानेजिङ डाइरेक्टर मनोहर अधिकारीले फूडमाण्डुलाई स्थापित गर्न साथ दिएकोमा ग्राहकप्रति आभारी व्यक्त गरे ।

‘फूड डेलिभरीलाई सहज बनाउने उद्देश्यका साथ हामीले आजभन्दा १३ वर्ष अगाडि फूडमाण्डुको सुरुआत गरेका थियौँ । आजको दिनसम्म हाम्रा प्रयोगकर्ताहरूले दिनुभएको साथ र मायाले हामी अत्यन्तै प्रभावित छौँ । हामी सदैव हाम्रा ग्राहकलाई स्वादिष्ट परिकार घरमै पुर्याउन र उच्चस्तरीय सेवा प्रदान गर्न प्रतिवद्ध छौँ । हाम्रो आजसम्मको यात्रामा साथ दिनुभएकोमा सम्पूर्ण ग्राहकवर्ग र हाम्रो साझेदारहरुप्रति हामी आभारी छौँ,’ उनले भने ।

फूडमाण्डुले विभिन्न चरणहरुमा लगानी संकलन गर्न सफल भएको छ । सन् २०१६ मा पहिलो चरणको लगानी टिएनएबाट संकलन गर्न सफल भएको थियो भने सन् २०२० मा टिम भेन्चर्सबाट दोस्रो चरणको लगानी संकलन गरेको थियो ।

झण्डै ४० लाख डलरको अहिलेसम्मको सबैभन्दा ठूलो र तेस्रो लगानी डोल्मा इम्प्याक्ट फण्डबाट हालै मात्र संकलन गर्न सफल भएको थियो ।

सुरुआती दिनमा केवल १० मात्र अनलाइन अर्डर आउँथ्यो भने अधिकांशले फोन कलमार्फत नै अर्डर दिन्थे । तर आजको दिनमा ९५ प्रतिशत अर्डरहरू फूडमाण्डुको मोबाइल एप मार्फत आउँछ । जुन अहिलेसम्म ५,००,००० भन्दा बढीपटक डाउनलोड भइसकेको छ । यो संख्याले कम्पनीको स्थापनादेखि आजसम्म फूड अडरिङ ट्रेन्डमा भएको महत्वपूर्ण परिवर्तनलाई देखाएको कम्पनीले जनाएको छ ।

साथै सुरुआतमा१० वटा रेस्टुरेन्टहरू मात्र आवद्व थिए भने हाल १४०० रेस्टुरेन्टहरू आवद्व छन् । २५० भन्दा बढी फुलटाइम राइडरहरू कार्यरत छन् । फूडमाण्डुले आजसम्म ४ लाखभन्दा बढी स्वादका पारखीलाई आफ्नो सेवा प्रदान गरिसकेको छ ।

नेपाल लाइफको खुद नाफा १०.२५ प्रतिशत बढ्यो, ईपीएस कति ? Read Previous

नेपाल लाइफको खुद नाफा १०.२५ प्रतिशत बढ्यो, ईपीएस कति ?

तिहार बिदामा बीमा दाबी कसरी गर्ने ? कम्पनीले गरेका छन् यस्तो विशेष व्यवस्था Read Next

तिहार बिदामा बीमा दाबी कसरी गर्ने ? कम्पनीले गरेका छन् यस्तो विशेष व्यवस्था