तिहारको अवसरमा लक्ष्मी सनराइज उत्सव

काठमाडौं । तिहार एवं छठलाई लक्षित गरेर लक्ष्मी सनराइज बैंकले सामाजिक सन्देशमुलक अभियार्न लक्ष्मी सनराइज उत्सव’ सार्वजनिक गरेको छ । नेपाली समाजमा छोरीको आगमनलाई लक्ष्मीको आगमनको रुपमा मनाउने संस्कारलाई उत्सवका रूपमा मनाउँदै यसलाइ अझ व्यापक बनाउन लक्ष्मी सनराइज बैंकले यो क्याम्पेन सार्वजनिक गरेको हो ।

अझै पनि कतिपय परिवारमा छोरा र छोरीबीच विभेद राख्ने सोचमा परिवर्तन ल्याउन यस अभियानमार्फत टेवा पु¥याउने बैंकको लक्ष्य रहेको छ । यस अभियान अन्तर्गत बैंकले छोरीलाई घरकी लक्ष्मी मानेर सम्मान गर्न प्रोत्साहन गर्दै आम नागरिकहरुले कसरी आफ्नो परिवारमा महिला सदस्यलाई लक्ष्मीको रुपमा अपनाएका छन् भन्ने कुरा भिडियो मार्फत उजागर गर्न आग्रह गरेको छ ।

यसरी भिडियो बनाएर सामाजिक संजालमा राख्ने सहभागीहरुमध्ये उत्कृष्ट तीन भिडियोलाई क्रमशः ५० हजार ३० हजार र १५ हजार नगद पुरस्कारबाट पुरस्कृत गरिने बैंकले जनाएको छ ।

सहभागीहरुले भिडियो पोस्ट गर्दा बैंकलाई ट्याग गरी ह्यास्ट्याग पनि प्रयोग गर्नुपर्ने छ । थप जानकारी आगामी दिनहरुमा बैंकले आफ्नो आधिकारिक सामाजिक सञ्जालहरु मार्फत प्रवाह गर्दै जानेछ ।

कोहलपुरमा अत्याधुनिक बसपार्क सञ्चालन Read Previous

कोहलपुरमा अत्याधुनिक बसपार्क सञ्चालन

बजेटका ३५ प्रतिशत घोषणामा ‘शून्य’ प्रगति Read Next

बजेटका ३५ प्रतिशत घोषणामा ‘शून्य’ प्रगति