काठमाडौं । सीजी होल्डिङ्स अन्तर्गतको सीएसआर डिभिजन अरुण चौधरी फाउण्डेशनले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितहरूलाई आपतकालीन राहत सामग्री प्रदान गरेको छ ।
भूकम्प प्रभावितको जनजीवन जवन निकै कष्टकर बन्दै गएका बेला फाउन्डेशनले खाद्यान्न, लत्ताकपडा लगायत १६ टन राहत सामग्री प्रदान गरेको हो ।
फाउन्डशनले उक्त राहत सामग्री जाजरकोट, नलगाड नगरपालिकाका मेयर डम्बर बहादुर राउतलाई हस्तान्तरण गरेको हो ।
सीजी होल्डिङ्सका कर्मचारीहरूले समेत स्वेच्छा पूर्वक एक दिनको तलब उपलव्ध गराई राहत प्याकेजमा योगदान दिएका छन् । संस्थाले यस्तो कठिन समयमा सामूहिक प्रयासको महत्वलाई जोड दिँदै सवैलाई प्राकृतिक प्रकोपबाट प्रभावितहरूलाई हर तरहले सहयोग गर्नका लागि प्रोत्साहन गरेको छ ।
यो योगदानले भूकम्प प्रभावित क्षेत्रहरुमा तत्काल सहयोग गर्न महत्वपूर्ण भूमिका खेल्ने संस्थाको विश्वास छ ।