हाथवे इन्भेष्टमेन्टको नाफा साढे १६ गुणाले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको खुद नाफा साढे १६ गुणाले बढेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा १५५८.४९ प्रतिशतले बढेको छ ।

चालु आवको असोज मसान्तसम्म कम्पनीले १ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा डेढ करोड बढी हो । कम्पनीले गत वर्ष पहिलो त्रैमासमा ९ लाख ५४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी ५४ प्रतिशतले घटे पनि खर्च घट्दा नाफामा उल्लेख्य सुधार आएको हो ।

असोजसम्म कम्पनीको कुल आम्दानी ५४.१९ प्रतिशतले घटेर २ करोड १९ लाखमा सीमित भएको छ । त्यस्तै, यस अवधिमा कम्पनी संचालन आम्दानी ५४.३६ प्रतिशतले घटेर २ करोड १९ लाखमै सीमित भएको छ ।

असोजसम्म कम्पनीको खर्च ७२.८५ प्रतिशतले घटेर १ करोड ५५ लाखमा सीमित भएको छ । गत वर्ष कम्पनीको खर्च ५ करोड ७१ लाख रुपैयाँ थियो ।

हाल १ अर्ब १७ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ७० करोड ७५ लाख रुपैयाँ संचिति छ ।

नाफा बढेसँगै कम्पनीको प्रतिसेयर आम्दानी ०.३७ रुपैयाँबाट बढेर ५.४१ रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ ८०.२४ रुपैयाँ र मूल्य आम्दानी ५२.४९ गुणा छ ।

अरुण चौधरी फाउण्डेशनद्वारा भूकम्प पीडितलाई राहत सामग्री प्रदान Read Previous

अरुण चौधरी फाउण्डेशनद्वारा भूकम्प पीडितलाई राहत सामग्री प्रदान

फूलमाला बिक्री गर्न काठमाडौं महानगरले तोक्यो चार स्थान Read Next

फूलमाला बिक्री गर्न काठमाडौं महानगरले तोक्यो चार स्थान