३० प्रतिशतले बढ्यो रेमिट्यान्स, हरेक महिना सवा खर्ब भित्रिँदै

काठमाडौं । चालु आर्थिक वर्षमा रेमिट्यान्स आप्रवाहमा उल्लेख्य सुधार भएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आवको तीन महिना (असोज)सम्मको तथ्यांक अनुसार विप्रेषण आप्रवाह ३० प्रतिशतले वृद्धि भएको हो ।

राष्ट्र बैंकका अनुसार चालु वर्षको असोज मसान्तसम्म कुल ३६५ अर्ब ३४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । औसतमा चालु वर्षमा हरेक महिना १ खर्ब रेमिट्यान्स भित्रिएको हो । १ खर्ब २२ अर्ब विप्रेषण नेपाल भित्रिएको छ ।

चालु आवमा वैदेशिक रोजगारीमा जाने कामदारको संख्यामा घटे पनि अघिल्लो वर्षमा ७ लाख बढी विदेशिएकाले रेमिट्यान्स आप्रवाह बढेको हो । साथै, वैधानिक तवरबाटै विप्रेषण भित्रने क्रम पनि बढेकाले आप्रवाहमा सुधार देखिएको हो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको संख्या १ लाख १३ हजार ३९७ जना रहेको राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, पुनः श्रम स्वीकृति लिनेको संख्या ४९ हजार २९७ रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा नयाँ श्रम स्वीकृति लिनेको संख्या १ लाख ४७ हजार ९३२ र पुनः श्रम स्वीकृति लिनेको ५७ हजार ८६१ जना थिए ।

डलर संचिति ३१ महिना यताकै धेरै, विदेशी मुद्रा संचिति साढे १६ खर्ब पुग्यो Read Previous

डलर संचिति ३१ महिना यताकै धेरै, विदेशी मुद्रा संचिति साढे १६ खर्ब पुग्यो

बाह्यसँँगै क्रमशः सुधार हुँदै आन्तरिक अर्थतन्त्र, यस्ता छन् ७ मुख्य सूचक Read Next

बाह्यसँँगै क्रमशः सुधार हुँदै आन्तरिक अर्थतन्त्र, यस्ता छन् ७ मुख्य सूचक