कोलकाता उडान बन्द गर्दै बुद्ध एयर

काठमाडौं । भारतका दुई शहरलाई अन्तर्राष्ट्रिय उडान गन्तव्य बनाएर उडान गर्दै आएको बुद्ध एयरले कोलकाता उडान बन्द गर्ने भएको छ ।

 

कोलकाता उडान शुरु गरेको ६ महिनामै १० करोड रुपैयाँभन्दा बढी नोक्सान भएपछि उडान बन्द गर्ने तयारी गरिएको बुद्ध एयरले जनाएको छ । बुद्धले यही मङ्सिर १६ गते कोलकाता उडानको अन्तिम दिन हुने जानकारी दिएको छ ।

 

नेपालबाट कोलकाता उडान राम्रो भए पनि कोलकाताबाट नेपाल आउने यात्रुको सङ्ख्यामा वृद्धि हुन नसक्दा भ्रमर्ण वर्षको सङ्घारमा उडान बन्द गर्नु परेको बुद्ध एयरले जनाएको छ ।

 

कोलकाता उडान बन्द भए पनि बनारस उडान भने बन्द नहुने एयरले जनाएको छ ।  कोलकाता उडान बन्दका लागि बुद्धले नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) र भारतको सिभिल एभिएसनलाई सूचना गरिसकेको जनाएको छ ।

 

बुद्ध एयरले गत जेठ १३ गतेदेखि एटिआर ७२-५०० विमानबाट काठमाडौँ-कोलकाता उडान शुरु गरेको थियो । सातामा तीन दिन सोमबार, बुधबार र शुक्रबार गरी ६ महिनामा १५० उडानमार्फत ६ हजार यात्रुलाई सेवा प्रवाह गरेको जनाएको छ ।

नेपालीले कति तिर्छन् कर, यी हुन् विश्वमा सबैभन्दा धेरै करको दर भएका देश Read Previous

नेपालीले कति तिर्छन् कर, यी हुन् विश्वमा सबैभन्दा धेरै करको दर भएका देश

सेयर बजारमा झिनो अंकको गिरावट Read Next

सेयर बजारमा झिनो अंकको गिरावट