सेयर बजारमा झिनो अंकको गिरावट

काठमाडौं । पछिल्लो समय लगातार ओरालो लागेको सेयर बजार घट्ने क्रम जारी रहेको छ । यो साता आइतबार दोहोरो अंकले घटेको बजार हिजो स्थिर रहेको थियो भने आज झिनो अंकको गिरावट आएको छ ।

 

आज सेयर बजार मापक सूचक नेप्से ०.९१ अंकले घटेर ११०९.१६ विन्दुमा आइपुगेको छ । आज १६५ कम्पनीको २९ करोड ५८ लाख ६९ हजार १८० रुपैयाँ बराबरको कारोबार भएको छ ।११ लाख ३४ जार १५ कित्ता सेयर किन बेच भएका छन् ।

 

कारोबार भएका १२ वटा समूहमध्येमा ३ वटा समूहको सूचक उकालो लागेका छन् भने ९ वटा समूहको सूचक ओरालो लागेका छन् । आज व्यापार समूहको सूचक सबैभन्दा धेरै १९.०२ अंकले बढेको छ भने उत्पादनमूलक समूहको सूचक सबैभन्दा धेरै १६.२९ अंकले घटेको छ ।

 

कारोबार रकमको आधारमा नेपाल इन्भेष्टमेन्ट बैंकको प्रमोटर सेयर शीर्ष स्थानमा रह्यो । यसको ५ करोड ८१ लाख ९७ हजार ५१ रुपैयाँको कारोबार भएको छ ।

 

आज साल्ट्र ट्रेडिङ कर्पोरेशनको सेयर मूल्य सबैभन्दा धेरै ६ प्रतिशतले बढेको छ भने यूनियन हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै ५.६६ प्रतिशतले घटेको छ ।

कोलकाता उडान बन्द गर्दै बुद्ध एयर Read Previous

कोलकाता उडान बन्द गर्दै बुद्ध एयर

बूढीगण्डकी आयोजना प्रभावित क्षेत्रको मुआब्जा ७ दिनभित्र निर्धारण गर्ने तयारी Read Next

बूढीगण्डकी आयोजना प्रभावित क्षेत्रको मुआब्जा ७ दिनभित्र निर्धारण गर्ने तयारी