नेपालीले कति तिर्छन् कर, यी हुन् विश्वमा सबैभन्दा धेरै करको दर भएका देश

करदाताहरुले कुन देशमा अत्याधिक आयकर तिर्छन भन्ने सामान्य जनचासोको विषय रहेको छ । विश्वका केही देशहरुमा नागरिकले आम्दानीको आधाभन्दा बढी कर तिनुपर्ने व्यवस्था रहेको छ भने केही देशमा कर नै तिर्न नपर्ने व्यवस्था छ ।

 

प्राय:जसो युरोपियन देशहरु उच्च करको दर भएका देशमा पर्छन भने विश्वकै धेरै प्रतिव्यक्ति आम्दानी भएका कतार, कुवेत, साउदी अरबलगायतका देशका नागरिकले आय कर नै तिर्नु पर्दैन् ।

 

सन् २०१९ मा स्वीडेनका उच्च आम्दानीकर्ताहरुले ५७.१९ प्रतिशत आयकर बुझाएका छन् । यो विश्वकै सबैभन्दा बढी हो । विश्वका धनी देशहरुको संगठन ‘ओइसीडी’ का सदस्य राष्ट्रहरुको औसत आयकर ४१.६५ प्रतिशत रहेको छ ।

 

सामान्यत उत्तरी युरोपका देशहरुमा आयकरको दर उच्च छ । डेनमार्क, फिनल्याण्ड र आइसल्याण्डमा आयकर क्रमशः ५५.८९, ५३.७५ र ४६.२४ प्रतिशत रहेको छ ।

सामाजिक उत्तरदायित्व वहन र धनीले गरिबलाई सहयोग गर्नुपर्ने सैद्धान्तिक अवधारणामा आधारित भएर अस्ट्रिया, नेदरल्याण्ड र बेल्जियम जस्ता देशहरुले पनि आयकरको यस्तै मोडल अपनाएका छन् ।

 

विश्वका कतिपय देशहरुमा भने आयकर तिर्नै पर्दैन । तेल बेचेर धनी भएका राष्ट्रहरु साउदी अरब, कतार र कुवेत जस्ता देशहरुमा आयकर तिर्नु पर्दैन । यसैगरी क्याराबियनका केही टापु राष्ट्रहरु एङगुइला, एन्टिगुवा र बारबुडामा पनि आयकर जनताले आयकर तिर्नुपर्दैन ।

 

दक्षिण एशियामा के छ अवस्था ?

 

केही समय अघि प्रधानमन्त्री केपी ओलीले नेपालमा आयकरको दर दक्षिण एसियाकै न्यून रहेको बताएका थिए । यद्यपी तथ्याङंकले भने त्यस्तो बताउँदैन । नेपालमा व्यक्तिगत र व्यवसायीक आयकरको दर दक्षिण एशियाकै उच्च रहेको छ ।

नेपालमा व्यक्तिगत आयकर न्यूनतम १ प्रतिशत र अधिकतम ३६ प्रतिशत रहेको छ भने छिमेकि राष्ट्र भारतमा न्यूनतम शून्य प्रतिशत र अधिकतम ३० प्रतिशत रहेको छ । दक्षिण एसियाको भुटानमा भने व्यक्तिगत आयकर न्यून रहेको छ । भुटानमा व्यक्तिगत आयकर अधिकता २५ प्रतिशत रहेको छ । माल्दिभ्समा भने व्यक्तिगत आयकर तिर्नुपर्दैन ।

 

कर्पोरेट आयकरको दर पनि नेपालमा उच्च छ । नेपालमा कर्पोरेट आयकरको दर ३० प्रतिशत रहेको छ भने भारतमा २५ प्रतिशत रहेको छ ।एजेन्सीको सहयोगमा

ऋणपत्र निष्कासनको लागि सिटिजन्स बैंकले दियो बोर्डमा आवेदन Read Previous

ऋणपत्र निष्कासनको लागि सिटिजन्स बैंकले दियो बोर्डमा आवेदन

कोलकाता उडान बन्द गर्दै बुद्ध एयर Read Next

कोलकाता उडान बन्द गर्दै बुद्ध एयर