काठमाडौं । सिटिजन्स् बैंक इन्टरनेशनलले २ अर्ब २५ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्न धितोपत्र बोर्डमा आवेदन दिएको छ। बैंकले ऋणपत्र निष्कासनको लागि बोर्डमा मंसिर १ गते आवेदन दिएको हो।
बैंकले १ हजार रुपैयाँ अंकित दरका २५ लाख कित्ता ऋणपत्र निष्कासन गर्नेछ। सोमध्ये १० लाख कित्ता सर्वसाधारणका लागि बिक्री गरिनेछ भने बाँकी १५ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिनेछ।
ऋणपत्रमा लगानी गर्नेले वार्षिक १०.२५ प्रतिशत ब्याजदर पाउने छन् ।ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ।
सिटिजन्स बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ३४ करोड ९१ लाख ६९ हजार रुपैयाँ खुद नाफा कमाएको छ।