लक्ष्मी बैंकका दुई नयाँ शाखा संचालनमा

काठमाडौं । लक्ष्मी बैंकले दुई नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले कपिलवस्तुको गोरुसिङे र पकडिमा ११८औं र ११९औं शाखा संचालनमा ल्याएको छ।

 

यी नयाँ शाखासँगै लक्ष्मी बैंकको संजाल ४८ जिल्लामा ११९ शाखा, २ एक्सेन्शन काउन्टर र ४ हस्पिटल सेवा काउन्टर, १४४ एटिएम, २५ सय भन्दा बढी रेमिट्यान्स एजेन्ट तथा ६४ शाखारहित बैंकिङ एजेन्टहरु पुगेको छ।

 

बैंकले आफ्नो सेवा अझ सुदृढ बनाउने विश्वास राखेको छ।

नेपाल भारत पारवहन सन्धी पुनरावलोकनको बैठक शुरु Read Previous

नेपाल भारत पारवहन सन्धी पुनरावलोकनको बैठक शुरु

ऋणपत्र निष्कासनको लागि सिटिजन्स बैंकले दियो बोर्डमा आवेदन Read Next

ऋणपत्र निष्कासनको लागि सिटिजन्स बैंकले दियो बोर्डमा आवेदन