काठमाडौं । नेपाल भारत पारवहन सन्धी पुनरावलोकन बैठक मङ्गलबारबाट काठमाडौंमा शुरू भएको छ।दुई देशको वाणिज्य सह सचिव स्तरीय बैठकमा पारवहन सन्धीको संशोधनमा थपिने बुँदाको ड्राफ्टलाई अन्तिम रूप दिइने छ ।
बैठकमा ब्लक कार्गो (सिमेन्ट, कोइला) ढुवानी, विद्युतीय कार्गो निगरानी प्रणाली (इसिटिएस), जलमार्ग यातायात कहाँबाट गर्ने, कसरी गर्ने भन्ने लगायतका विषयमा छलफल हुने छ।
दुई दिनसम्म चल्ने बैठकमा दुई देशका कानून, परराष्ट्र, वाणिज्य र यातायात मन्त्रालयका सहसचिव सहभागी भएका छन् ।