काठमाडौं । सिद्धार्थ बैंकले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट घोषणा गरेको लाभांश पारित गर्न साधरण सभा बोलाएको छ ।
बैंकले मंसिर ५ गते २२ औं वार्षिक साधरण सभा बोलाएको हो । बैंकको सभा आम्रपाली बैङक्वेट, बालुवाटार, काठमाडौँमा बिहान १० बजेदेखि सुरु हुनेछ।
बैंकले सभामा गत वर्षको नाफाबाट घोषणा गरेको करसहित ४.२१ प्रतिशत नगद लाभांश पारित गर्ने प्रस्ताव एजेन्डा लैजाने भएको छ । प्रस्तावित लाभांश बैंकको सो सभाले पारित गरेपछि सेयरधनीले पाउने छन् ।
त्यस्तै, बैंकले सभामा अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्ज अथवा एक्वायर गर्ने सम्बन्धमा आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि लैजाने भएको छ ।
बैंकले साधरण सभा तथा लाभांश प्रयोजनका लागि कात्तिक २१ गते बुकक्लोज मिति तोकेको छ । सो अनुसार कात्तिक २० गतेसम्म कायम सेयरधनीले मात्र लाभांश पाउने छन् ।