काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।
बैंक संचालक समितिको कात्तिक १३ गते बसेको बैठकले सेयरधनीलाई करसहित १९ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।
बैंकले घोषणा गरेको यो लाभांश अघिल्लो आर्थिक वर्ष २०७८/७९ को तुलनामा २.४९ प्रतिशत विन्दु बढी हो । बैंकले सो आवमा १६.५१ प्रतिशत नगद लाभांश दिएको थियो ।
प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।