३ जहाज खरिदका लागि निगमद्धारा बोलपत्र आह्वान

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले तीन वटा जहाज खरिदका लागि बोलपत्र आह्वान गरेको छ ।

दुर्गम क्षेत्रमा उडानका लागि तीन जहाज खरिदका लागि बोलपत्र आह्वान गरिएको निगमले जनाएको छ ।

निगमले आज खुलाएको बोलपत्रको अन्तिम म्याद डिसेम्बर ५ तारिखसम्म छ ।

निगमले दुर्गम क्षेत्रमा उडानका लागि तीन ट्वीनअटर खरिद गर्न लागेको हो । ती जहाज निगमले आन्तरिक स्रोतबाट खरिद गर्ने जनाइएको छ । निगमसँग हाल आन्तरिक उडानतर्फ दुई वटा ट्वीनअटर जहाज छन् ।

दशैंको बेला पनि खुला हुन्छन् काठमाडौंका यी रेष्टुरेन्ट Read Previous

दशैंको बेला पनि खुला हुन्छन् काठमाडौंका यी रेष्टुरेन्ट

दशैंमा अनलाइन कम्पनी पनि बन्द, फूडमाण्डु र दराजले सेवा नदिने Read Next

दशैंमा अनलाइन कम्पनी पनि बन्द, फूडमाण्डु र दराजले सेवा नदिने