दशैंको बेला पनि खुला हुन्छन् काठमाडौंका यी रेष्टुरेन्ट

काठमाडौं । अहिले नेपालीहरूले आफ्नो सबैभन्दा ठूलो चाड बडादशैं मनाइ रहेका छन् । सबै जना पारिवारिक रुपमा खानपिन, घुमघाममा रमाइ रहेका छन् । दशैंको बेला बजार, उद्योग, कलकारखाना, बैंक तथा वित्तीय संस्था, शैक्षिक संस्था, कर्पोरेट हाउस लगायत अधिकांश कार्यालय बन्द हुन्छन् ।

दशैं मनाउका लागि शहरी क्षेत्रमा बसेका मानिसहरू आफ्नो गाउँ फर्किसकेका छन् । सधैं व्यस्त र भीडभाड हुने काठमाडौं यतिबेला सुनसान जस्तै बनेको छ । सडकमा सवारीको संख्या अत्यन्तै न्यून रहेका छन् भने एकाध बाहेक सबै ठाउँका पसलहरू बन्द छन् ।

यति बेला काठमाडौंका तारे होटलहरू खुलेका भए पनि अधिकांश साना होटल र रेष्टुरेन्टहरू पनि बन्द छन् । तर, केही चेन रेष्टुरेन्टहरूले पनि दशैंको बिदाको बेलामा पनि आफ्नो सेवा दिइरहेका छन् अर्थात् खुला रहेका छन् । यहाँ हामीले दशैंमा पनि खुला रहेका चेन रेष्टुरेन्टहरूको बारेमा जानकारी दिएका छौं ।

यी हुन् दशैंको बिदामा पनि खुला रहेका रेष्टुरेन्टहरू

अन्तर्राष्ट्रिय फुड चेन ब्राण्ड ‘केएफसी’का काठमाडौं उपत्यका धेरै शाखा तथा आउटलेटहरू रहेका छन् । उपत्यकामा केएफसीका पारखीहरू निकै रहेका छन् ।

पछिल्लो समय घरमै बनाएर खाने भन्दा अडर गरेर घरमै खाना मगाएर खाने क्रम पनि बढ्दो छ । यसैलाई मध्येनजर गर्दै केएफसीले दशैँको टिकाको दिन समेत आफ्नो सेवा सञ्चालन गर्ने भएको छ । केएफसीको कर्मचारी श्रुती तामाङले केएफसी दशमीको दिन समेत खुला हुने बताइन् । उनका अनुसार अन्य दिनमा बिहान ११ बजेदेखि राती ११ बजेसम्म खुल्ला रहने केएफसी टिकाको दिन भने ८ घण्टाको लागि मात्र खुल्ला रहने छ ।

‘हामी सधै ११ बजेदेखि ११ बजेसम्मका लागि खुल्ला हुन्छौँ, दशैँको दिन ८ घण्टा मात्र खुल्ने छ, जुनसुकै अनलाई अर्डर गर्नेलाई सर्भिस गरिन्छ,’ तामाङले चाणक्य पोष्टसँग भनिन् ।

उनले फुडमाण्डू, पठाओ फूड जस्ता जुनसुकै फुडएपबाट अर्डर लिइने बताइन् । केएफसी विश्वमै स्वादिष्ट चिकेन परिकार उपलब्ध गराउने रेस्टुरेन्टको रूपमा परिचित छ । केएफसीमा हट एण्ड क्रिस्पी चिकेन, चिकेन पपकर्न, चिकेन स्ट्रिप्स लगायतका परिकार पाइनेछ ।

यस्तै, चिकेन स्टेसनले पनि दशैँको दिनसम्म सेवा दिने भएको छ । चिकेन स्टेसनको झम्सीखेल, बसन्तपुर, खुमलटार लगायतका स्थानमा टिकाको दिन समेत सेवा प्रदान गर्ने भएको हो ।

चिकेन स्टेसन ललितपुरकी फुड कोअर्डिनेटर सुजुता लामाले सबै रेष्टुरेन्टहरू सञ्चालनमा नआए पनि केही स्थामा रहेका रेष्टुरेन्टहरू सञ्चालनमा आउने बताएकी हुन् ।

उनका अनुसार ठमेल र वसन्तपुरका रेष्टुरेन्ट शाखाले दशैँभर सेवा दिने भएको छ । त्यस्तै, कुलेश्वर र खुमलटारमा रहेको चिकेन स्टेसनले भने टिकाको दिन बाहेक अरु दिन सेवा दिने भएको छ । काठमाडौं उपत्यकामा मात्र चिकेन स्टेसनको २१ वटा शाखा रेष्टुरेन्ट रहेको छ ।

यस्तै, बर्गर हाउस र ए वान क्याफे भने दशैंमा बन्द हुने भएका छन् । बर्गर हाउसले दशैंको ६ दिन सेवा नदिने भएको छ । बरगरहाउसकी कर्मचारी सोभीका लामाले ३ गतेसम्म बर्गर हाउस बिहान ८ बजेदेखि ६ बजेसम्म मात्र खुल्ला हुने छ । उनका अनुसार १०० वटा बढी शाखा रेष्टुरेन्ट रहेको बर्गर हाउसले दशैँ बिदामा कुनै सेवा नदिने भएको हो ।

त्यस्तै, काठमाडौं उपत्यकामा २२ वटा हाराहारी शाखा रहेको एवान रेष्टुरेन्टले कात्तिक ४ गतेदेखि ९ गतेसम्म सेवा बन्द गरेको छ ।

 

मनकामना केबलकार ३ दिन बन्द हुने Read Previous

मनकामना केबलकार ३ दिन बन्द हुने

३ जहाज खरिदका लागि निगमद्धारा बोलपत्र आह्वान Read Next

३ जहाज खरिदका लागि निगमद्धारा बोलपत्र आह्वान