मनकामना केबलकार ३ दिन बन्द हुने

काठमाडौं । मनकामना केबलकार दशैंमा तीन दिन बन्द हुने भएको छ । नवमी, दशमी र एकादशीका दिन कात्तिक ६, ७ र ८ गते बन्द हुने मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए ।

नायब प्रबन्धक शेरचनका अनुसार मनकामना केबलकार कात्तिक ९ गतेदेखि नियमित सञ्चालनमा आउने छ ।

गोरखाको सहिद लखन गाउँपालिकास्थित मनकामनामा रहेको प्रसिद्ध धार्मिकस्थल मनकामना माता माईको मन्दिर जाने दर्शनार्थीको सहजताका लागि चितवनको इच्छाकामना–४ कुरिनटार (चेरेस)बाट १० मिनेटमा पुग्ने गरी २०५५ सालमा स्थापना गरिएको मनकामना केबलकार नेपालको पहिलो केबलकार हो ।

दशैंको बिदामा पनि निगमका यी ११ डिपो खुल्ने, पेट्रोलपम्प बन्द नहुने Read Previous

दशैंको बिदामा पनि निगमका यी ११ डिपो खुल्ने, पेट्रोलपम्प बन्द नहुने

दशैंको बेला पनि खुला हुन्छन् काठमाडौंका यी रेष्टुरेन्ट Read Next

दशैंको बेला पनि खुला हुन्छन् काठमाडौंका यी रेष्टुरेन्ट