काठमाडौं । नेपाल आयल निगमले दशैं बिदामा पनि आफ्ना ११ वटा डिपोहरु खुला राख्ने भएको छ ।
दशैंको बेला पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि निगमले देशका विभिन्न ठाउँका ११ वटा डिपोहरू खुला राख्ने भएको हो ।
अन्य समयकोभन्दा दशैंमा सवारीको चाप बढ्ने भएकाले त्यसलाई मध्येनजर गर्दै सबै पेट्रोलपम्महरू खुल्ने निगमले जनाएको छ । पप्पहरूलाई सहजै तेल आपूर्ति गराउन बिदाका दिनमा पनि ११ वटा डिपोहरू खुला हुने निगमको भनाइ छ ।
निगमका अनुसार कोशी प्रदेशको विराटनगर र मधेश प्रदेशको अमलेखगंजमा डिपो कात्तिक ४ र ९ गते खुला हुनेछ । यसैगरी, वाग्मतीको थानकोट र लुम्बििनीको प्रादेशिक कार्यालय कात्तिक ४, ६ र ९ गते खुला हुनेछ ।
त्यस्तै, गण्डकी प्रदेश कार्यालय डिपो कात्तिक ५ र ९ गते, कर्णालीको सुर्खेत डिपो कात्तिक ४ गते, सुदूरपश्चिमको धनगढीमा डिपो कात्तिक ५र ८ गते, खुला हुने निगमले जनाएको छ ।
यसैगरी, शाखा कार्यालय चारआली कात्तिक ४ र ९ गते, धनुषा डिपो कात्तिक ४ र ८ गते, नेपालगञ्ज डिपो कात्तिक ५ गते र वीरगंज डिपो कात्तिक ४ देखि ९ गतसम्म नै खुला रहने निगमले जनाएको छ ।
