सिद्धार्थ बैंकको नयाँ शाखा कास्कीको हेम्जामा

काठमाडौं । सिद्धार्थ बैंकले सोमबार कास्कीको हेम्जामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।

 

बैंकले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत बैंकिङ सेवा पुर्याउने उद्देश्यले उक्त शाखा सञ्चालनमा ल्याएको बतायो। यो शाखा विस्तारपछि सिद्धार्थ बैंकको कूल शाखा सञ्जाल संख्या १७३  पुगेको छ।

 

बैंकले १०१ शाखारहित बैंकिङ्ग सेवा, १९० वटा एटिएम र १ हजार ६ सय भन्दा बढी पिओएस मेसिनका साथै घरमै बसेर बैंक खाता खोल्न सकिने अनलाइन सुविधा, रेमिटेन्स सेवा, भिजा एटिएम कार्ड सेवाका मार्फत् बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

'ट्याक्सी चालकले टूटल, पठाओलाई प्रतिस्पर्धीको रुपमा लिनु हुँदैन' Read Previous

'ट्याक्सी चालकले टूटल, पठाओलाई प्रतिस्पर्धीको रुपमा लिनु हुँदैन'

मंसिर २९ गतेबाट सरकारले लगायो सडकमा माग्ने माथि प्रतिवन्ध Read Next

मंसिर २९ गतेबाट सरकारले लगायो सडकमा माग्ने माथि प्रतिवन्ध