सरकारी कम्पनीले आजदेखि खसीबोका बिक्री गर्दै, प्रतिकिलो भाउ ६८० रुपैयाँ

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दसैँका लागि आज (मंगलबार)देखि खसीबोका बिक्री गर्ने भएको छ । कम्पनीले दसैंमा आम उपभोक्तालाई राहत दिने उद्देश्यले सहुलियत दरमा खसीबोका बिक्री सुरू गर्ने भएको हो ।

कम्पनीले जीउँदो खसीबोका मूल्य प्रतिकिलो ६८० रुपैयाँ र च्याङ्ग्रा प्रतिकिलो १ हजार २६० रुपैर्या निर्धारण गरेको छ ।

उक्त मूल्यमा उपभोक्ताले प्रतिकिलो रु १० छुट पाउनेछन् । कम्पनीको थापाथलीस्थित बागमती प्रादेशिक कार्यालयबाट बिहान ८ बजेदेखि खसीबोका तथा च्याङ्ग्रा बिक्री गरिने सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिइन्।

कम्पनीले मकवानपुर, दाङ र कैलालीबाट खसीबोका तथा रसुवाबाट च्याङ्ग्रा ल्याएको छ । ती चौपाया आज मात्रै काठमाडौँ ल्याइएको हो । कम्पनीले उपभोक्ता मूल्यमा हुनसक्ने असन्तुलन रोक्न सानो सङ्ख्यामा भए पनि खसीबोका तथा च्याङ्ग्राको बिक्री गर्दै आएको छ । यस वर्षको दसैँमा २ हजार खसीबोका तथा १ हजार च्याङ्ग्रा बिक्री गरिने कम्पनीको तयारी छ ।

अमेरिकी डलरको मूल्यले बनायो हालसम्मकै महँगोकाे रेकर्ड Read Previous

अमेरिकी डलरको मूल्यले बनायो हालसम्मकै महँगोकाे रेकर्ड

कात्तिकमा १४ बैंकले घटाए ब्याजदर, दुईले बढाए, कुनको कति ? Read Next

कात्तिकमा १४ बैंकले घटाए ब्याजदर, दुईले बढाए, कुनको कति ?