अमेरिकी डलरको मूल्यले बनायो हालसम्मकै महँगोकाे रेकर्ड

काठमाडौं । अमेरिकी डलरको मूल्यले हालसम्मकै महँगोको रेकर्ड बनाएको छ । पछिल्लो समय लगातार आकाशिँदै गएको डलरको मूल्यले मंगलबार अहिलेसम्मकै महँगोको रेकर्ड बनाएको हो ।

नेपाल राष्ट्र बैंकले आजका लागि तय गरेको विनिमय दर अनुसार एक अमेरिकी डलरको बिक्रीदर १३३ रुपैयाँ ५५ पैसा तोकेको छ । यो नेपाली मुद्रामा हालसम्मकै उच्च हो । यसअघि गत असोज २ गते एक अमेरिकी डलरको बिक्रीदर १३३ रुपैयाँ ५४ पैसा पुगेको थियो ।

राष्ट्र बैंकले आज एक अमेरिकी डलरको खरिददर भने १३२ रुपैयाँ ९५ रुपैयाँ तोकेको छ ।विश्व बजारमा अमेरिकी डलर बलियो भएसँगै नेपाली मुद्राको भाउ अवमूल्यन भएको हो ।

नेपाली मुद्राको भारतीय रुपैयासँग स्थिर विनिमयदर रहेको र अमेरिकी डलर बलियो बन्दा भारुको मूल्य खस्कने भएकाले त्यसको असर नेपाली मुद्रालाई पर्ने गरेको छ ।

पछिल्लो समय अमेरिकी डलरको मूल्यमा लगातार वृद्धि हुँदा विप्रेषण आय, पर्यटन क्षेत्रको आय तथा निर्यात व्यापारमा सकारात्मक प्रभाव रहन्छ । तर, नेपालको अर्थतन्त्रमा अमेरिकी डलर बलियो बन्दा त्यसको प्रभाव नकारात्मकसमेत पर्ने जानकारहरु बताउँछन् ।

नेपालको वैदेशिक व्यापार स्थिति निर्यातका तुलनामा आयात उच्च रहने भएकाले त्यसको भुक्तानी डलरमा हुने र यसले व्यापार घाटा झनै बढ्ने हुन्छ । यसले शोधनान्तरस्थिति र विदेशी मुद्रा सञ्चितिमासमेत असर पार्छ ।

त्यस्तै, डलरको भाउ बढ्ने बित्तिकै आयातित वस्तु, इन्धनलगायतको मूल्य बढ्ने, विदेशी ऋणको सावाँ र ब्याजको दायित्व बढ्ने गर्छ । जसले नेपाली अर्थतन्त्रमा नकारात्मक असर पार्छ ।

मिर्मिरे लघुवित्तको एफपीओ भर्ने आज अन्तिम दिन Read Previous

मिर्मिरे लघुवित्तको एफपीओ भर्ने आज अन्तिम दिन

सरकारी कम्पनीले आजदेखि खसीबोका बिक्री गर्दै, प्रतिकिलो भाउ ६८० रुपैयाँ Read Next

सरकारी कम्पनीले आजदेखि खसीबोका बिक्री गर्दै, प्रतिकिलो भाउ ६८० रुपैयाँ