मिर्मिरे लघुवित्तको एफपीओ भर्ने आज अन्तिम दिन

FPO

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको थप सार्वजनिक निष्काशन (एफपीओ)मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । लघुवित्तले असोज २५ गतेदेखि बिक्रीमा ल्याएको एफपीओमा आवेदन दिने आज अन्तिम दिन हो ।

लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ दरले १ करोड २३ लाख ८१ हजार ६४५ रुपैयाँ बराबरको १ लाख २३ हजार ८१६।४५ कित्ता एफपीओ बिक्रीमा ल्याएको छ ।

लघुवित्तको एफपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन पाउने छन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी-आस्बा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयका साथै मेरोसेयर मार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।

लघुवित्तको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबीआइ मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ। एफपीओ निष्काशनका लागि गराएको रेटिङमा क्रेडिट रेटिङमा इक्रा नेपालले लघुवित्तलाई ‘इक्रा एनपी इस्यूअर डबल बी माइनस’ रेटिङ दिएको छ । यसले लघुवित्तको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँदछ ।

चालु वर्षमा म्याग्दीका ६ वटा सडक कालोपत्र हुने Read Previous

चालु वर्षमा म्याग्दीका ६ वटा सडक कालोपत्र हुने

अमेरिकी डलरको मूल्यले बनायो हालसम्मकै महँगोकाे रेकर्ड Read Next

अमेरिकी डलरको मूल्यले बनायो हालसम्मकै महँगोकाे रेकर्ड