ग्लोबल आइएमईको दसैं विशेष टिकटक प्रतियोगितामा, विजेताले ६० हजार पाउने

काठमाडौं । ग्लोबल आइएमई बैंकले दसैंको अवसरमा टिकटक प्रतियोगिता आयोजना गरेको छ । बैंकले युवा युवतीहरूमा वित्तीय साक्षरता बढाउँदै डिजिटल बैंकिङ सेवालाइ प्रवर्द्धन गर्ने उद्देश्यले टिकटक प्रतियोगिता गरेको हो ।

उक्त प्रतियोगितामा सहभागी हुन बैंकको टिकटक पेजमा गई बैंकले दसैंको सामग्रीहरु समावेश गरी तयार गरेको गीतमा आफ्नो टिकटक बनाइ बैंकले सार्वजनिक गरेको शर्तहरु पूरा गरी आफ्नो टिकटक पेजमा प्रकाशित गर्नुपर्नेछ ।

प्रतियोगितामा सहभागी मध्ये धेरै लाइक आउने तीन जना सहभागीलाई पुरस्कार दिइने छ । प्रथम हुनेले ६० हजार रुपैयाँ, दोस्रो हुनेले ३५ हजार र तेस्रोलाई २५ हजार रुपैयाँ प्रदान गरिनेछ ।

यो प्रतियोगीतामा सहभागी हुन कात्तिक १२ गतेसम्म टिकटक प्रकाशन गरिसक्नुपर्नेछ ।

यस वर्ष ७३१ झोलुङ्गे पुलको निर्माण गरिने Read Previous

यस वर्ष ७३१ झोलुङ्गे पुलको निर्माण गरिने

नलगाड जलविद्युत् कम्पनी र प्राधिकरण बीच विद्युत खरिद बिक्री सम्झौता Read Next

नलगाड जलविद्युत् कम्पनी र प्राधिकरण बीच विद्युत खरिद बिक्री सम्झौता