नलगाड जलविद्युत् कम्पनी र प्राधिकरण बीच विद्युत खरिद बिक्री सम्झौता

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण कर्णाली प्रदेश र नलगाड हाइड्रोपावर कम्पनीबीच सम्झौता भएको छ ।

उक्त कम्पनीले निर्माण गर्न लागेको ताक्सुगाड जलविद्युत आयोजनाको विद्युत खरिद बिक्रीका लागि दुई निकायबीच सम्झौता भएको हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले ७ मेगावाटको उक्त आयोजनाबाट उत्पादन हुने विद्युत्लाई केन्द्रीय विद्युत् प्रसारण लाइनमा जोड्नका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको जानकारी दिए ।

ताक्सुगाड यसै आर्थिक वर्षमा निर्माण प्रक्रियामा जाने उनको भनाइ थियो । ४१७ मेगावाटको नलगाड जलविद्युत् आयोजना भने निर्माण प्रक्रियामा छ । दुवै आयोजना नलगाड नगरपालिकाभित्र पर्दछन् । नलगाड जलविद्युत् आयोजनाको डिपिआर सकिएसँगै निर्माण चरणमा जानका लागि प्रक्रियागत काम जारी छ ।

ग्लोबल आइएमईको दसैं विशेष टिकटक प्रतियोगितामा, विजेताले ६० हजार पाउने Read Previous

ग्लोबल आइएमईको दसैं विशेष टिकटक प्रतियोगितामा, विजेताले ६० हजार पाउने

भारतबाट 'बेलुन' ल्याउन नसक्दा संचालनमा आएन टेकु बायो ग्यास प्लान्ट Read Next

भारतबाट 'बेलुन' ल्याउन नसक्दा संचालनमा आएन टेकु बायो ग्यास प्लान्ट