अर्घाखाँची सिमेन्टले स्थापनाको पाँचौं वर्षको उपलक्ष्यमा उपभोक्ताका लागि ‘धन वर्षा’ योजना सार्वजनिक गरेको छ । आइतबार मंसिर ८ गते देखि दुई महिना ९ माघ सम्म लागू हुने यस योजनाअन्तर्गत ग्राहक तथा उपभोक्ताले अर्घाखाँचीको जुनसुकै ओपिसी वा पिपिसी १५ बोरा सिमेन्टको खरिदमा एक स्क्रयाच कुपन पाउनेछन् ।
कम्पनीका अनुसार यस कुपनलाई स्क्रयाच गरी एक सय देखि ५ सय, एक हजार, दश हजार, २५ हजार, ५० हजार र १ लाखसम्मको स्योर सट नगद उपहार पाउनेछन् । यसरी पाउने नगद उपहारमा नेपाल सरकारको नियमानुसार लाग्ने कर विजेताले नै तिनुपर्नेछ ।
“नव निर्माणमा धनको बहार, अर्घाखाँचीमा करोडौं उपहार” नारा दिइएको देशैभरी लागूहुने यस योजनाअन्तर्गत भाग्यशाली विजेताले डिलर वा हार्डवयेरमार्फत सिमेन्ट खरिद गर्दाकै समयमा सियोर सट नगद उपहार प्राप्त गर्नेछन् ।
कम्पनीका सहायक महाप्रबन्धक रमेश थापाले कम्पनी स्थापनाको वर्षगाँठको खुसीयाली ग्राहकसँग बाड्न सावर्जनिक गरिएको यस योजनाले उपभोक्ता र कम्पनीलाई सँधैभरी एकै कडीमा बाँधीराख्ने विश्वास लिएका छन् ।
पाँच वर्षअघि स्थापित अर्घाखाँची सिमेन्टले ओपिसी सिमेन्ट उत्पादनको दायरालाई विस्तार गरी गत वर्षमात्र पिपिसी सिमेन्टको उत्पादन पनि थालेको थियो । भैरहवाको सियारीस्थित कारखानाबाट सिमेन्ट उत्पादन गरिरहेको यस कम्पनीले आफैले क्लिंकर समेत उत्पादन गरी सिमेन्टको कच्चा पदार्थ आयात गरिरहेको छ ।