प्राइम बैंकको लाभांश घोषणा

काठमाडौं । प्राइम कमर्शियल बैंकले गत वर्षको मुनाफाबाट सेयरधनीलाई लाभांश घोाषणा गरेको छ ।

 

बैंक संचालक समितिको सोमबार बसेको ३८४ औं बैठकले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट १६ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ ।

 

बैंकले प्रस्ताव गरेको लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको वार्षिक साधरणसभाबाट पारित भएपछि मात्र सेयरधनीले पाउनेछन् ।

 

हाल बैंकको चुक्ता पूँजी ९ अर्ब ६८ करोड ६८ लाख ५१ हजार ७ सय रुपैयाँ रहेको छ भने बोनस वितरण पछि ११ अर्ब २३ करोड ६७ लाख ४७ हजार ९७२ रुपैयाँ पुग्नेछ ।

नेपाल एयरलाइन्सले सबै जहाजमा भ्रमण वर्षको लोगो राख्ने Read Previous

नेपाल एयरलाइन्सले सबै जहाजमा भ्रमण वर्षको लोगो राख्ने

अर्घाखाँची सिमेन्टले ल्यायो ‘धन वर्षा’ योजना, १ लाखसम्मको स्योर सट नगद उपहार Read Next

अर्घाखाँची सिमेन्टले ल्यायो ‘धन वर्षा’ योजना, १ लाखसम्मको स्योर सट नगद उपहार