टीभी भित्र सुन लुकाएर ल्याउने व्यक्ति विमानस्थलबाट पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५१० ग्राम सुनसहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिन्धुलीका नवराज धामी रहेका त्रिभुवन विमानस्थल भन्सार कार्यालयले जनाएको हो ।

कार्यालयका अनुसार मलेसियाबाट मलेसियन एयरलाइन्समा सोमबार काठमाडौँ आएका धामीले टिभीको भित्रपट्टी लुकाईछिपाई ल्याएको उक्त सुन विमानस्थल भन्सार कार्यालयले पक्राउ गरेको हो ।

उक्त विषयमा आवश्यक अनुसन्धान सुरु भएको भन्सार कार्यालयले जनाएको छ ।

दिगो विकास लक्ष्य हासिल गर्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण छ : अध्यक्ष ढकाल Read Previous

दिगो विकास लक्ष्य हासिल गर्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण छ : अध्यक्ष ढकाल

थामिएन नेप्सेको पहिरो, परिसूचक १९०० विन्दु तल झर्‍यो Read Next

थामिएन नेप्सेको पहिरो, परिसूचक १९०० विन्दु तल झर्‍यो