दिगो विकास लक्ष्य हासिल गर्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले दिगो विकास लक्ष्य हासिल गर्न निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।

राष्ट्रिय योजना आयोग र संयुक्त राष्ट्र संघको सहकार्यमा एफएनसीसीआईले आयोजना गरेको सातौं दक्षिण तथा दक्षिण पश्चिम एसिया उपक्षेत्रीय मञ्चमा बोल्दै अध्यक्ष ढकालले दिगो विकास लक्ष्य हासिल गर्न राज्य र निजी क्षेत्र तथा अन्य विकास साझेदारबिच सहकार्य र नवप्रवर्तनको आवश्यकतामा जोड दिएका हुन् ।

उनले गरिबी न्यूनीकरण, जलवायु परिवर्तनलगायतमा साझेदारीको खाँचो औंल्याएका छन् । उनले निजी क्षेत्र वित्तीय योगदानकर्ता मात्र नभई आर्थिक वृद्धि, रोजगारी सृजना र प्राविधिक प्रगतिको संवाहक पनि भएको बताएका छन् ।

अध्यक्ष ढकालले रोजगारी सृजना, स्वास्थ्य सेवा र शिक्षामा लगानी, लैङ्गिक समानता, पूर्वाधार विकास, जलवायु परिवर्तन न्यूनीकरण र वातावरण संरक्षणमा निजी क्षेत्रले विशेष योगदान पुर्याइरहेको बताए ।

ढकालले विश्वव्यापी चुनौतीको सामना गर्न सार्वजनिक-निजी सहयोग र अन्तर्राष्ट्रिय सहकार्यको महत्वमा जोड दिएका छन् । उनले व्यावसाय मैत्री नीतिका लागि पारदर्शिता र जवाफदेहिता सुनिश्चित गरिनुपर्ने बताए ।

कोरला नाका सञ्चालनको तयारी, प्रवेशपत्र वितरण प्रक्रिया अघि बढ्यो Read Previous

कोरला नाका सञ्चालनको तयारी, प्रवेशपत्र वितरण प्रक्रिया अघि बढ्यो

टीभी भित्र सुन लुकाएर ल्याउने व्यक्ति विमानस्थलबाट पक्राउ Read Next

टीभी भित्र सुन लुकाएर ल्याउने व्यक्ति विमानस्थलबाट पक्राउ