 
			काठमाडौं । नेपाल राष्ट्र बैंकले ४ अर्ब ८१ करोड ३२ लाख रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले मंगलबार फरक–फरक तीन अवधिको ट्रेजरी बिल जारी गर्न लागेको हो ।
राष्ट्र बैंकले ९१ दिन, १८२ दिन र १ वर्ष अवधिको ट्रेजरी बिल जारी गर्न लागेको हो । केन्द्रीय बैंकले ९१ दिनका लागि २ अर्ब २३ करोड ३२ लाख रुपैयाँको बिल जारी गर्न लागेको छ । यो ट्रेजरी २०७६ साल फागुन १३ गते परिपक्व हुनेछ ।
१८२ दिनका लागि जारी गर्न लागेको २ अर्ब ४७ करोडको ट्रेजरी २०७७ जेठ १३ गते परिपक्क हुनेछ ।त्यस्तै, १ वर्ष अवधिका लागि जारी हुने ११ करोड रुपैयाँको ट्रेजरी २०७७ मंसिर ९ गते परिपक्क हुनेछ ।

बोलकबोल मार्फत बिक्री गर्न लागेको उक्त ट्रेजरी बिलमा सोमबार दिउँसो २ बजेसम्म अनलाईन विडिङ्ग प्रणाली मार्फत बोलकबोल गर्न सकिने केन्द्रीय बैंकले जनाएको छ। यस ट्रेजरी बिलको बोलकबोलमा बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत सहभागी हुन सक्नेछन् ।
बोलकबोलमा सबैभन्दा बढी मूल्य उल्लेख गर्ने संस्थालाई पहिलो प्राथमिकतामा राखेर क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँड गरिने राष्ट्र बैंकले जनाएको छ।
 
                   
             
               
               
				 
				 
               
               
               
                                                             
                                                             
                                                             
                                                             
                                                 
                                                 
                                                 
                                                