काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई २८.६८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।
लघुवित्त सञ्चालक समितिको मंसिर ७ गते सम्पन्न बैठकले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट २७.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.४३ प्रतिशत नगद वितरण गर्ने प्रस्ताव गरेको हो ।
सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृती तथा लघुवित्तको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन् ।
हाल ७८ करोड ६० लाख ३४ हजार चुक्ता पूँजी रहेको लघुवित्तको बोनस वितरण पछि १ अर्ब १ करोड २९ लाख ५४ हजार रुपैयाँ पुग्नेछ ।
