लुम्बिनी केबलकार आजदेखि तीन दिन बन्द

काठमाडौं । लुम्बिनी केबलकार आजदेखि ३ दिनका लागि बन्द भएको छ । केबलकारको नियमित मर्मत सम्भारका लागि आजदेखि असोज १६ गतेसम्म बन्द भएको हो ।

लुम्बिनी केबलकार लिमिटेडका अनुसार केबलकारमा कुनै प्राविधिक समस्या आएर नभई नियमित मर्मत सम्भार गर्न सेवा बन्द गरिएको हो । गत जेठ १५ देखि व्यावसायिक संचालनमा आएको केबलकारको पहिलोपटक मर्मतसम्भार गर्न लागिएको
हो ।

तीन दिन सेवा बन्द हुँदा पर्यटक र भक्तजनमा पर्न जाने असुविधाप्रति क्षमाप्रार्थी रहेको कम्पनीले जनाएको छ । असोज १७ गतेदेखि केबलकार पुनः नियमित सञ्चालनमा आउने छ ।

बुटवलदेखि पाल्पाको वसन्तपुर जोड्ने केबलकारको लम्बाइ २.६ किलोमिटर रहेको छ । आइएमई ग्रुपले केबलकार, क्यासिनोसहितको १५० कोठाको पाँचतारे होटल, रेष्टुरेण्ट, मन्दिरलगायत संरचना निर्माण गरी संचालनमा ल्याएको हो ।

केबलकारमा २५ गोण्डुला रहेका छन् भने एउटा गोण्डुलामा एकैपटक आठ जनाले यात्रा गर्न सक्नेछन् । केबलकारमा प्रतिघण्टा अधिकतम ६०० यात्रु आवातजावत गर्न सक्ने छन् । संचालनमा आएको साढे ४ महिनामा करिब ७५ हजार जनाले केबलकार यात्रा गरेको कम्पनीले जनाएको छ ।

कर्पोरेट कार्यालय बनाउन एनएमबी बैंकले सवा १ अर्बको जग्गा किन्दै Read Previous

कर्पोरेट कार्यालय बनाउन एनएमबी बैंकले सवा १ अर्बको जग्गा किन्दै

विद्युत् महसुल नतिर्ने १८२३ ग्राहक कालोसूचीमा, साढे ७ करोड बक्यौता असुल्न बाँकी Read Next

विद्युत् महसुल नतिर्ने १८२३ ग्राहक कालोसूचीमा, साढे ७ करोड बक्यौता असुल्न बाँकी