काठमाडौं । एनएमबी बैंकले कर्पोरेट कार्यालय बनाउन सवा १ अर्बको जग्गा किन्ने भएको छ ।
बैंक संचाललक समितिको असोज १० गते बसेको बैंठकले काठमाडौं महानगरपालिका वडा नंं. १ मा साढे ६ रोपनी (१०५.५६ आना) जग्गा किन्ने निर्णय गरेको हो ।
बैंकले उक्त जग्गा कुल १ अर्ब २१ करोड ३९ लाख ६८ हजार ७५० रुपैयाँमा किन्ने भएको हो । उक्त जग्ग बैंकको नाममा नामसारी भई आएपछि सो रकम भुक्तान गरिने बैंकले जनाएको छ ।
हाल बैंकको कर्पोरेट कार्यालय काठमाडौंको बबरमहलमा रहको छ ।