कुमारी बैंकले एकैपटक खोल्यो ५ नयाँ शाखा

काठमाडौं। कुमारी बैंक लिमिटेडले एकैपटक ५ वटा नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले शुक्रबार काठमाडौं उपत्यकाका विभिन्न ५ स्थानमा शाखा विस्तार गरेको हो ।

बैंकले आजदेखि काठमाडौंको सितापाइला, डल्लु र कपन तथा ललितपुरको भैसेंपाटी र टौखेलमा नयाँ शाखा संचालनमा ल्याएको हो ।

व्यवसायी, उद्यमी तथा स्थानीयलाई सहज रुपमा बैंकिङ सेवा पुऱ्याउने उद्देश्यले नयाँ शाखाहरू विस्तार गरिएको बैंकले जनाएको छ । साथै, आगामी दिनमा थप शाखाहरू विस्तार गर्दै आधुनिक बैंकिङ सेवा पुऱ्याउने बैंकको योजना छ ।

कुमारी बैंकले देशभर रहेका ३०८ शाखा, ३०९ एटीएम, ४९ एक्सटेन्सन काउन्टर तथा ६४ शाखारहित बैंकिङ इकाईहरू मार्फत सेवाहरू प्रदान गर्दै आइरहेको छ।

१३० जनाको नाममा काल्पनिक ऋण देखाइ ठगी गर्ने सहकारीका प्रबन्धक पक्राउ Read Previous

१३० जनाको नाममा काल्पनिक ऋण देखाइ ठगी गर्ने सहकारीका प्रबन्धक पक्राउ

पूर्व अरनिको यातायातले बनाएको बसपार्क नभत्काउन उच्च अदालतको आदेश Read Next

पूर्व अरनिको यातायातले बनाएको बसपार्क नभत्काउन उच्च अदालतको आदेश