१३० जनाको नाममा काल्पनिक ऋण देखाइ ठगी गर्ने सहकारीका प्रबन्धक पक्राउ

तनहुँ । भिमाद नगरपालिका–९ सखेपस्थित भानुमति साना किसान कृषि सहकारी संस्था लिमिटेडका प्रबन्धकलाई प्रहरीले पक्राउ गरेको छ ।

सोही वडा निवासी ५२ बर्षीय प्रवन्धक चुत्रबहादुर थापालाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको हो ।

उनले विभिन्न मितिमा संस्थाको सेयर रकम, बचत रकम र १३० सेयर सदस्यको नाममा काल्पनिक ऋण लगानी गरेको देखाई रकम हिनामिना गरेका थिए ।

उक्त सहकारी संस्थाको रु. २ करोड ६९ लाख ७१ हजार ९६६ हिनामिना गरेको देखिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।

रकम हिनामिना गरेको जाहेरी परेपछि तनहुँ जिल्ला अदालतबाट सात दिनको म्याद थप गराई उनीमाथि अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिमेगावाट १९ करोड लागतको मिडल इन्खु जलविद्युतको ईआइए प्रक्रिया अघि बढ्यो  Read Previous

प्रतिमेगावाट १९ करोड लागतको मिडल इन्खु जलविद्युतको ईआइए प्रक्रिया अघि बढ्यो 

कुमारी बैंकले एकैपटक खोल्यो ५ नयाँ शाखा Read Next

कुमारी बैंकले एकैपटक खोल्यो ५ नयाँ शाखा