काठमाडौं । दैनिकरुपमा आयात गर्न सकिने सुनको परिमाण २० किलो कायम गरिएको छ । नेपाल राष्ट्र बैंकले ‘एकीकृत परिपत्र–२०७९’ मा संशोधन गर्दै आयात गर्न सकिने सुनको परिमाण बढाएको हो ।
यसअघि दैनिक १० किलोसम्म सुन आयात गर्न सकिने व्यवस्था थियो । विदेशी मुद्रा सञ्चितिमा चाप परेपछि राष्ट्र बैंकले २०७८ फागुनमा सुन आयातको कोटा दैनिक २० किलोवाट १० किलोमा झारेको थियो ।
पछिल्लो समय विदेशी मुद्रा संचिति बढेसँगै चाडपर्व, विवाह लगायतको सिजनलाई मध्येनजर गर्दै राष्ट्र बैंकले सुन आयातको कोटा बढाएको हो ।
सुनचाँदी व्यवसायीले आयातको कोटा बढाउनुपर्ने माग राख्दै आएका थिए ।