काठमाडौं । ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड पहिलोपटक प्रयोग गर्दा २५ प्रतिशत क्यासब्याक पाइने भएको छ । बैंकले डिजिटल कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यले क्यासब्याक अफर ल्याएको हो ।
बैंकका अनुसार पहिलो पटक ग्लोबल आइएमई बैंकको क्रेडिट कार्डमार्फतको कारोबार गर्ने ग्राहकले अधिकतम २५ प्रतिशत वा ५०० रुपैयाँसम्म क्यासब्याक प्राप्त गर्नेछन्।
कात्तिक ३ गतेसम्म लागू हुने यस अभियान अन्तर्गत क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहक सक्रियता र संलग्नता वृद्धि गर्ने बैंकको योजना रहेको छ।
आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता योजनाहरू ल्याएर ग्राहकहरूलाई लावान्भित गर्दै आएको बैंकको भनाइ छ।
बैंकले ३५० शाखा कार्यालय, ३६८ एटीएम, ३२२ शाखा रहित बैंकिङ सेवा, ६५ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १ हजार १०० भन्दा बढी सेवा केन्द्रबाट ४० लाखभन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ।