नेपाल सुपर लिग : एफसी चितवनको मार्की प्लेयरमा राष्ट्रिय टिमका विशाल श्रेष्ठ

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलको आउँदो सिजनका लागि नेपालको राष्ट्रिय टोलीका गोलकिपर विशाल श्रेष्ठ मार्की प्लेयरको रूपमा एफ सी चितवन क्लबमा आबद्ध भएका छन् ।

गेम वान प्रालि अन्तर्गतको एफ सी चितवन क्लबका अध्यक्ष सचिन ढकाल र गोलकिपर विशाल श्रेष्ठ बीच आबद्धतामा सहमति भएको हो ।

नेपालको पहिलो फ्रेन्चाइज फुटबल लिगको रूपमा रहेको नेपाल सुपर लिग (एनएसएल) मङ्सिर ८ देखि पुस १४ गतेसम्म दशरथ रङ्गशाला काठमाडौंमा आयोजना हुँदैछ ।

एनएसएलमा नेपालका ९ वटा फ्रेन्चाइज टिमहरू एफसी चितवन, काठमाडौँ रेजर्स, ललितपुर सिटी एफसी, पोखरा थण्डर्स, बुटवल लुम्बिनी एफसी, धनगढी एफसी, विरगन्ज युनाइटेड, झापा एफसी र स्पोर्टिग इलाम टिमले प्रतिस्पर्धा गर्दै छन् ।

 

नेप्सेमा सूचीकृत कम्पनीले असोज भित्रै नवीकरण गर्नुपर्ने, नगरे जरिवाना लाग्ने Read Previous

नेप्सेमा सूचीकृत कम्पनीले असोज भित्रै नवीकरण गर्नुपर्ने, नगरे जरिवाना लाग्ने

ग्लोबल आइएमईको क्रेडिट कार्डकाे पहिलो प्रयोगमा २५ प्रतिशत क्यासब्याक पाइने Read Next

ग्लोबल आइएमईको क्रेडिट कार्डकाे पहिलो प्रयोगमा २५ प्रतिशत क्यासब्याक पाइने