नेप्सेमा सूचीकृत कम्पनीले असोज भित्रै नवीकरण गर्नुपर्ने, नगरे जरिवाना लाग्ने

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सूचीकृत कम्पनीहरूलाई असोज मसान्तभित्र नवीकरण शुल्क बुझाउन आग्रह गरेको छ ।

नेप्सेले एक सूचना जारी गर्दै सूचीकृत कम्पनीहरुलाई आर्थिक वर्ष २०८०/८१ को धितोपत्रको वार्षिक नवीकरण शुल्क असोज भित्रै बुझाउन भनेको हो ।

नेप्सेमा सूचीकृत कम्पनीहरूले धितोपत्र सूचीकरण विनियमावली, २०७५ को अनुसूची ३ (क) र (ख) भएको व्यवस्था अनुसार आर्थिक वर्ष २०८०र८१ को धितोपत्रको वार्षिक नवीकरण शुल्क बुझाउन कम्पनीहरुलाई अनुरोध गरेको हो ।

तोकिएको समयभित्र नवीकरण शुल्क नबुझाएमा शुल्कको वार्षिक १० प्रतिशतका दरले जरिवाना लाग्ने साथै धितोपत्र सूचीकरण स्थगन गर्न सकिने नेप्सेले जनाएको छ ।

नेप्सेका अनुसार ५० करोड रुपैयाँसम्मको चुक्ता पूँजी भएकाले कम्पनीले वार्षिक ५० हजार र ५० करोड बढी पूँजी भएकाले वार्षिक १ लाख रुपैयाँ नवीकरण शुल्क बुझाउनुपर्ने प्रावधान छ ।

त्यस्तै डिबेन्चर र म्युचुअल फण्डहरूले आकारको हिसाबले ५० करोड रुपैयाँसम्म चुक्ता पूँजी भएकाले वार्षिक २५ हजार रुपैयाँ र ५० करोड रुपैयाँभन्दा बढी चुक्ता पूँजी भएकाले वार्षिक ५० हजार रुपैयाँ नवीकरण शुल्क बुझाउनुपर्छ ।

नागढुंगा-नौबिसे सुरुङ खन्ने काम अन्तिम चरणमा, अब ६ प्रतिशत मात्रै बाँकी Read Previous

नागढुंगा-नौबिसे सुरुङ खन्ने काम अन्तिम चरणमा, अब ६ प्रतिशत मात्रै बाँकी

नेपाल सुपर लिग : एफसी चितवनको मार्की प्लेयरमा राष्ट्रिय टिमका विशाल श्रेष्ठ Read Next

नेपाल सुपर लिग : एफसी चितवनको मार्की प्लेयरमा राष्ट्रिय टिमका विशाल श्रेष्ठ